१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बृद्धबृद्धाहरु भन्छन् -‘ज्यान जाला एमाले छाड्न सकिन्न’



बुटवल । सुर्य ध्वजाबाहक झण्डा बोकेका सयौं कार्यकर्ता बाजागाजासहित घर अगाडि आएको देखेपछि बुटवल १३ बंदेलपोखरीकी ८५ वर्षिया बृद्धा खुमाकुमारी गुरुङ लौरो टेकेर बाहिर निस्किन् ।

बुटवल १३ का अध्यक्ष पदका उम्मेदवार शोभाखर पोखे्रलले उनलाई हातमै ढोगे । बृद्धा गुरुङले आशिर्वाद दिइन् र हांस्दै भनिन्–‘सैं पनि एमाले मैं पनि एमाले’ । वरिपरि उभिएका कार्यर्तामा हाँसोको फोहरा फुट्यो । ‘हामीे बुढाबुढीको पार्टी नै एमाले हो बाबु, सय रुप्पे बढेर चार हजार पुग्यो, सबै छोड्न सकिन्छ ज्यान जाला एमाले छाड्न सकिन्न’ । कार्यकर्ताले तालि बजाए ।

झोलुङ्गेपुल निवासी ७५ बर्षिया विजया सुवेदीले घरदैलोमा आएका एमाले उम्मेदवारलाई फूलमालाले स्वागत गरिन् । उम्मेदवारलाई दही खुवाइन् र भनिन्- ‘एमाले पार्टी छ र हामी बुढाबुढी बांचेका छौं ।’ जिन्दावाद ! जिन्दावाद ! भन्दै उम्मेदवार र कार्यकर्ता निस्केर गए । बृद्धा सुवेदीले आंखाबाट आंसु झारिन् । किन आंसु झरे आमा ?- हामीले सोध्यौं । बृद्धा आमाले आंसु पुछ्दै भनिन्—‘खुसीले बाबु’ । बुटवल ११ देवीनगरकी ७९ वर्षीया चन्द्रकला वस्नेतले अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्री सहितका उम्मेदवारहरु घरदैलोमा पुग्दा फूलमालाले स्वागत गरिन् । निधारमा अबिर लगाइदिन्,विजयको शुभकामना दिइन् र भनिन् -‘ एमाले पार्टी हामी बुढाबुढीको पार्टी हो,बेसहारा,सन्तानविहीन, गरिव र असहायहरुको पार्टी हो । ।’

यसपालिको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवारहरुप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको छ । पहिलो पटक सरकारको नेतृत्व गर्दा नेकपा एमालेले शुरु गरेको बृद्ध भत्ता कार्यक्रमलाई १ सय रुपैंयाबाट बढाएर अहिले ४ हजार पुर्याइएको छ । सामाजिक सुरक्षा भत्ता नामाकरण गरिएको यो कार्यक्रम नेकपा एमालेको सवैभन्दा बढी लोकप्रिय कार्यक्रम हो । परिवारमा अपहेलित हुन पुगेका वा सन्तान गुमाएका बृद्धबृद्धाहरुलाई यो कार्यक्रमले निकै ठूलो राहत दिएको छ ।

‘हामी घरदैलोमा पुग्दा सवैभन्दा बढी खुसी बृद्धबृद्धाहरु नै देखिए,यो कार्यक्रम नेकपा एमालेका लागि बरदान सावित भएको छ,यसलाई स्थानीय स्तरबाट अझ प्रभावकारी बनाउनु पर्ने देखेका छौ’-बुटवल १३ का वडा अध्यक्ष पदका उम्मेदवार शोभाखर पोख्रेलले भने । उम्मेदवार पोख्रेलले सामाजिक सुरक्षा भत्ता पाउन कार्यालय धाउनुपर्ने, बैंकमा घण्टौं लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले चुनाव जितेपछि बृद्धबृद्धाहरुको नियमित स्वास्थ्य जांच गर्ने,पालिकाको सहयोगमा अनिवार्य स्वास्थ्य बिमा गर्ने,बृद्धबृद्धाहरुका लागि मनोरञ्जन स्थल र बृद्धाश्रम निर्माण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने बताए ।

बुटवल—११ का वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्रीले नेकपा एमालेप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको बताए । बृद्ध बुवाआमाको खुसीमा छोराछोरी पनि खुसी नहुने कुरै भएन । घरदैलोका क्रममा बृद्धबृद्धा भएका घरमा फुलमाला र अविरले स्वागत गरिएको बताउंदै अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले सामाजिक सुरक्षा भत्ता जस्ता थप प्रभावकारी कार्यक्रमहरुको परिकल्पना पार्टीले गर्नुपर्ने बताए । उनले स्थानीय सरकारको तर्फबाट बृद्धबृद्धाहरुको सुरक्षा, स्वास्थ्य र मनोरञ्जनका लागि आफुहरुले काम गर्ने बताए ।

लेखक तथा विश्लेषक ऋषि आजादले सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाहरुलाई हेर्ने दृष्टिकोण, उनीहरुप्रतिको सम्मान र प्रतिष्ठा बढेको बताए । यो कार्यक्रमले नेपालमा समाजवादको एउटा प्रारम्भीक अभ्यास शुरु गरिसकेको बताउंँदै नेकपा एमालेका अरु कार्यक्रमहरु यस्तै खालका लोकप्रिय हुनुपर्ने धारणा राखे । बृद्धबृद्धाहरुमा छाएको खुसीका कारण उनीहरुका सन्तानले पनि भावनात्मक रुपमा एमालेको सुर्य चिन्हमै मत दिने अवस्था रहेको उनको विश्लेषण छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : १४ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न