२१ मंसिर २०८२, आइतबार | December 7, 2025

चुनावमा कालापानी मुनीका गाउँ सुनसान



दार्चुला । स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् ।

वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन । यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन् ।

व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार सबै मतदाताको घरदैलोमा पुगिरहेका छन् । तर वडा नम्बर १ छाङरु र तिंकरसम्म पुग्नका लागि नेपालबाट बाटो नहुँदा ती गाउँलाई चुनावले छोएको छैन । वडा नम्बर २ को दुम्लिङसम्म घरदैलो अभियान गरिएको भए पनि बाटो नहुँदा माथिल्लो क्षेत्रमा जान नसकिएको नेकपा एमालेका नेता कल्यान सिंह खत्रीले बताए ।

हाल छाङरु र तिंकर क्षेत्रमा सुरक्षाकर्मीमात्रै छन् । त्यस क्षेत्रका स्थानीय सदरमुकाममै रहेकाले यतै प्रचारप्रसार गरिरहेको नेकपा एमालेबाट व्यास गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराले बताए । ु२५र२६ गतेतिर सबै स्थानीय गाउँजाने तयारीमा छन् । त्यसपछि उतै गएर प्रचार प्रसार हुन्छ । अहिले गाउँलेहरूको यात्रा अनुमति पत्र बनाउनमा सहयोग गर्ने गरिरहेको छु,ु बोहराले भने ।

त्यस क्षेत्रमा निर्वाचनका लागि खटिने कर्मचारी तथा निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्न निर्वाचन आयोगमा अनुरोध गरेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । सुरक्षाकर्मी भने छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरका जनशक्तिहरू परिचालन गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ३३ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले