१० भदौ २०८३, बुधबार | August 26, 2026

चुनावमा कालापानी मुनीका गाउँ सुनसान



दार्चुला । स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् ।

वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन । यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन् ।

व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार सबै मतदाताको घरदैलोमा पुगिरहेका छन् । तर वडा नम्बर १ छाङरु र तिंकरसम्म पुग्नका लागि नेपालबाट बाटो नहुँदा ती गाउँलाई चुनावले छोएको छैन । वडा नम्बर २ को दुम्लिङसम्म घरदैलो अभियान गरिएको भए पनि बाटो नहुँदा माथिल्लो क्षेत्रमा जान नसकिएको नेकपा एमालेका नेता कल्यान सिंह खत्रीले बताए ।

हाल छाङरु र तिंकर क्षेत्रमा सुरक्षाकर्मीमात्रै छन् । त्यस क्षेत्रका स्थानीय सदरमुकाममै रहेकाले यतै प्रचारप्रसार गरिरहेको नेकपा एमालेबाट व्यास गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराले बताए । ु२५र२६ गतेतिर सबै स्थानीय गाउँजाने तयारीमा छन् । त्यसपछि उतै गएर प्रचार प्रसार हुन्छ । अहिले गाउँलेहरूको यात्रा अनुमति पत्र बनाउनमा सहयोग गर्ने गरिरहेको छु,ु बोहराले भने ।

त्यस क्षेत्रमा निर्वाचनका लागि खटिने कर्मचारी तथा निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्न निर्वाचन आयोगमा अनुरोध गरेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । सुरक्षाकर्मी भने छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरका जनशक्तिहरू परिचालन गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ३३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ