८ बैशाख २०८१, शनिबार | April 20, 2024

छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए भारतीय प्रशासनको सिफारिस



दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रको गाउँहरु छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् ।

नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दाहरु भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन् । भारतले त्यस क्षेत्र सम्म पुग्नका लागि सडक पुगाएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिड्न सक्ने बाटो समेत छैन । त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो । तर भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ ।

हाल व्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकरका बासिन्दा कुञ्चा सरिरहेका छन् । हिउँदमा छ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मी मौसममा छ महिना गाउँमा बस्ने त्यस क्षेत्रका नागरिकहरु आफ्नो गाउँघर पुग्न भारतको भरमा छन् ।

भारती प्रशासनबाट अनुमति लिएका छाङरु र तिंकरका शौका समुदाय भारतीय बाटो भएर थाकथलो गइरहेका छन् । घरपालुवा जनावर चौरीगाई झुपु, बाख्रा र खाद्यान्न बोकेर स्थानीहरु कुञ्चा सरिरहेको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोक सिह बोहराले बताए । स्थानीय तह निर्वाचनका लागि २५र२६ गतेभित्र सबै नागरिकहरु गाउँ जाने तयारीमा रहेको बोहराले बताए।

स्थानीय मात्रै नभएर त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरु समेत भारतसंग अनुमति लिएर जाने गरेका छन् । गर्मी मौषम सुरु भए सँगै छाङरु र तिंकरका ४ सय १६ जनाले भारतीय प्रशासन संग बहुयात्रा अनुमति पत्र लिनका लागि सीमा प्रशासन कार्यालय दार्चुलाबाट सिफारिस लिएका छन् । त्यसैगरि ७८ जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी, जिल्ला भित्रका २ सय ५७ र जिल्ला बाहिरका ४३ जनागरि ७ सय ९६ जनाले बहुयात्रा अनुमतिका लागि सिफारिस लिएको सीमा प्रशासन कार्यालय दार्चुलाका प्रमुख मोहन सिंह धामीले बताए ।

सीमा प्रशासन कार्यालयको सिफारिस लिएर भारतको धार्चुला प्रशासनमा पुग्नेहरुले ४र५ दिनमा यात्राका लागि अनुमति पाइरहेका छन् । पछिल्लो समय राष्ट्रिय जनगणना भइरहेका बेला छाङरु र तिंकर जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक लगाइएको थियो । यस पटक भने भारतीय प्रशासनले यात्राका लागि अनुमति दिइरहेको कार्यालय प्रमुख धामीले बताए ।

भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर माथी रहेको छियालेकबाट नोटिफाइड क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्ने जोसुकैले पनि भारतको धार्चुला तहशिलबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरु भने परिचय पत्रका आधारमा पनि प्रवेश पाउँछन् । नेपालको छाङरु गाउँ प्रवेश गर्ने सितापुल छियोकबाट करिब ४ किलोमिटर माथी छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ४६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन