७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अतिक्रमित भूमि नजिकको छाङरु र तिंकरको मतदान केन्द्र निरीक्षण



दार्चुला । भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले आज अनुगमन निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङरु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

छाङरु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहाँ स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । त्यस क्षेत्र सम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहीबाट व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । निर्वाचन सामग्री र कर्मचारीहरूलाई भने हेलिकोप्टरमार्फत पुगाइने छ ।

व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिंकरमा दुई वटा मतदान केन्द्र छन् । निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन् । हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यासवासी भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन् ।

भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । उनका अनुसार छाङरु र तिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ४५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा