१० भदौ २०८३, बुधबार | August 26, 2026

अतिक्रमित भूमि नजिकको छाङरु र तिंकरको मतदान केन्द्र निरीक्षण



दार्चुला । भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले आज अनुगमन निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङरु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

छाङरु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहाँ स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । त्यस क्षेत्र सम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहीबाट व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । निर्वाचन सामग्री र कर्मचारीहरूलाई भने हेलिकोप्टरमार्फत पुगाइने छ ।

व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिंकरमा दुई वटा मतदान केन्द्र छन् । निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन् । हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यासवासी भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन् ।

भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । उनका अनुसार छाङरु र तिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ४५ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ