१९ बैशाख २०८३, शनिबार | May 2, 2026

भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता



काठमाडौं । गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् ।

गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए ।

चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो ।

गठबन्धनको तर्फबाट पूर्वमहानगर प्रमुखसमेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओावादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् ।

उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रिय सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ११ : १० बजे

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान