१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

स्वतन्त्र र स्वच्छ निर्वाचनका लागी सचेतनामुलक रयाली



बुटवल । स्थानिय निर्वाचन २०७९ लाई स्वच्छ र शान्तिपुर्ण बनाउन मानव अधिकारवादी पाँच संघसंस्थाहरुले बुटवलमा दबाबमुलक रयालि निकालेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, चादनी नेपाल रुपन्देही, सामाजिक परिवर्तन केन्द्र र सेतो गुरास रुपन्देहीको संयुक्त आयोजनामा विहिबार बुटवलमा सचेतनामुलक रयाली निकालेको हो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलबाट शुरु भएको रयाली अमरपथ हुदै बीपीचोकमा पुगेर कोणसभामा बदलिएको थियो ।

कोणसभामा बोल्दै केन्द्रिय अध्यक्ष गोबिन्द खनालले सबै नागरिक स्वतन्त्र र स्वच्छ निर्वाचनमा भाग लिन पाउनुपर्ने बताए । निर्वाचन नजिकिदै जादा निर्वाचन आचारसंहिता बिपरितका गतिविधि भैरहेको भन्दै उनले यसलाई राजनीतिक दलका नेताहरुले रोक्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिए । आचारसंहिताको पालना भएमात्र लोकतन्त्रको पालना भएको मानिने उनको दाबी छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाखेरेल, एम्स कलेजका प्राचार्य दिपक ढकालले छोटोसमयका कारण सबै मतदातालाई सुसुचित गर्न कठिनाई भएको बताए ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ५५ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति