७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा भोलि गठबन्धनको चुनावी सभा : देउवा, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने



बुटवल । नेपाली काँग्रेस सहितको गठबन्धनले भोली २४ गते शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सम्बोधन गर्ने कांग्रेस रुपन्देहीले जनाएको छ ।

स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुलाई उर्जा थप्न देउवा सहितको नेता बुटवल आउन लागेको काँग्रेस रुपन्देहीका एक नेताले बताए । चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिए ।

पाँच दलीय गठबन्धनले आयोजना गरेको यो कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूववर्ती सरकारले दुई पटकसम्म संसंसद विघटन गरेर मुलुकमा प्रतिगमन ल्याउने खोजेको भन्दै त्यसका विरुद्ध संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलिय गठबन्धन गरेको गठबन्धनका नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ४६ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत