१९ बैशाख २०८३, शनिबार | May 2, 2026

बुटवलमा भोलि गठबन्धनको चुनावी सभा : देउवा, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने



बुटवल । नेपाली काँग्रेस सहितको गठबन्धनले भोली २४ गते शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सम्बोधन गर्ने कांग्रेस रुपन्देहीले जनाएको छ ।

स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुलाई उर्जा थप्न देउवा सहितको नेता बुटवल आउन लागेको काँग्रेस रुपन्देहीका एक नेताले बताए । चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिए ।

पाँच दलीय गठबन्धनले आयोजना गरेको यो कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूववर्ती सरकारले दुई पटकसम्म संसंसद विघटन गरेर मुलुकमा प्रतिगमन ल्याउने खोजेको भन्दै त्यसका विरुद्ध संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलिय गठबन्धन गरेको गठबन्धनका नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ४६ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको