१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल



काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्नरनगराउन आमसञ्चारसँग अपिल गरेको छ ।

काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दारगराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्नरनगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध छ ।

‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण गर्दारगराउँदा, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाचनका क्रममा विसं २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू भइ काउन्सिलले सोको अनुगमन गरिरहेको छ ।

उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्न नहुने भनी उल्लेख गरिएको छ ।

त्यसैगरी राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदभाव हुनेगरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ ।

आचारसंहितामा व्यवस्था हुँदाहुँदै धेरैजसो सञ्चार माध्यमले आचारसंहिता र प्रेस काउन्सिल नेपालको अपिललाई पटकपटक बेवास्ता गरी सःशुल्क वा निःशुल्क नछुट्टिने गरी, तोकिएको साइज, समय वा पटकभन्दा बढी विज्ञापन प्रचारप्रसार गरेको, घृणास्पद अभिव्यक्ति, अमर्यादित, असन्तुलित, एकपक्षीय, तथ्यहीन समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरिरहेको, सामाजिक सञ्जाल प्रयोगकर्ता ९पत्रकार०ले कुनै दलको पक्ष वा विपक्षमा कार्यकर्ताले झै चुनावी नारा, तस्बीर राखिरहेको अनुगमनबाट देखिएको काउन्सिलको भनाइ छ ।
–––

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : १० बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन