२८ असार २०८३, आइतबार | July 12, 2026

गठबन्धन दलका प्रतिबद्धतापत्रलाई आत्मसाथ गर्दै काम गर्न नेपालगन्जका मेयर र उपमेयर प्रतिबद्ध



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले निर्वाचित भएपछि प्रतिवद्धतालाई टेकेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार गठबन्धनका तर्फबाट उपप्रमुखको प्रतिवद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै दुबै उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले आफुहरुले जनतामाझ गरेका घोषणा र प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने बताए । संविधान बचाउनका लागि पाँच दलिय गठबन्धन बनेको स्मरण गर्दै उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदमा रुख चिन्ह र उपप्रमुखमा छाता चिन्हमा मतदान गरेर दुबैलाई जिताउन अपिल गरे ।

यस्तै नगर उपप्रमुख पदका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिकामा एमाले र राप्रपालाई ढाल्नका निम्ति नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीबीच संयुक्त रुपमा गठबन्धन बनेको स्पष्ट पारे । ‘बैशाख ३० गतेका दिन दुई तिहाई बहुमतका साथ यो गठबन्धन निर्वाचित हुन्छ,’ उनले भने ।

जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पुर्वमन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद मोहम्मद ईस्तियाक राई, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायतले सम्बोधन गरेका थिए ।

उप प्रमुखको प्रतिवद्धता पत्रमा शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, सँस्कृति तथा पर्यटन, भुमी तथा आवास, भौतिक पुर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांगता सम्बन्धी विषयलाई बुँदागत रुपमा समावेश गरिएको छ ।

प्रतिवद्धता पत्रमा भएका विषयलाई जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक हिक्मत बिकले प्रस्तुत गरेका थिए ।

नेपालगन्जमा कांग्रेस र जनता समाजवादी सहित संयुक्त गठबन्धनबाट उम्मेदवारी परेपनि गठबन्धन भित्रकै दलहरुले छुट्टाछुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ३० बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले