२८ असार २०८३, आइतबार | July 12, 2026

संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ



तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका छन् ।

तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भने, “हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ ।” मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले गठबन्धनप्रति इमान्दार हुन आग्रह गरे । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष शङ्करनारायण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठलगायतले बोलेका थिए।

कार्यक्रममा गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण ऊर्जाका साथ लागिपर्ने बताए । प्रमुखमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्गलगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताए ।

उपप्रमुखका उम्मेदवार मिलन आलेले जनता कोष कार्यक्रमअन्तर्गत ‘मेरो एक रुपैयाँ’ कार्यक्रम सञ्चालन गरिने बताए। यस कार्यक्रमका लागि नगरका सबै नागरिकले स्वेच्छाले दिनको एक रुपैयाँ’ दान गर्न सक्ने बताउँदै आलेले उक्त रकम योगदान गर्ने नागरिककै शिक्षा र स्वास्थ्यमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे। भिमाद नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट प्रमुख र नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : १४ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले