२५ श्रावण २०८३, सोमबार | August 10, 2026

जनताको भरोसा टुट्न दिन्न : श्रममन्त्री श्रेष्ठ



तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् ।

व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार बिहान आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, “विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु ।”

स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए ।

आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : १७ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज