७ पुस २०८२, सोमबार | December 22, 2025

ठुलादलहरुको बाकस रित्तो पार्नुस्, कि सुध्रिन्छन्, कि मैदान छाडेर भाग्छन् : राप्रपा अध्यक्ष लिङ्देन



नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले फेरी पनि काँग्रेस, एमाले र मओवादीलाई भोट दिएर जिताएमा पुरानै ब्यक्ति दोहरिएर प्रधानमन्त्री बन्ने र देश झन् दुर्घटनातर्फ जाने निश्चित रहेको बताएका छन् । नेपालगन्जमा शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शेर बहादुर देउवा, केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड अव कति पटक प्रधानमन्त्री भएपछि देश समृद्ध बन्छ ? भन्दै प्रश्न गरे ।

उनले देशमा समृद्धि र सुशासन कायम गर्न राप्रपाको विकल्प नभएको बताउँदै भ्रष्टाचारको जालोमा फसेको देशलाई सुशासन र समृद्धि तर्फ डोर्‍याउन काँग्रेस, एमाले, माओवादीबाट असंभव भएको बताए । अध्यक्ष लिङ्देनले ठूला दलका नेताहरु गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन पनि तयार नभएको पनि बताए । अब ती नेताहरुलाई सुधार्न भोट नदिएर सचेत गराउनु बाहेक अन्य विकल्प नरहेको उनको भनाई थियो ।

उनले ठुलादलहरुको बाकस रित्तो पार्न र राप्रपामा भोट हाल्न मतदातासँग आग्रह गरे । अध्यक्ष लिङ्देनले भने –‘हारेपछि कि त सुध्रिन्छन्, या त मैदान छोडेर बाहिरिन्छन् ।’ अध्यक्ष लिङ्देनले गठबन्धनले चुनाव जिते देश लडाई झगडामा फस्ने पनि चेतावनी दिए ।

सभालाई सम्बाधेन गर्दै राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले सोँच विचार गरेर मात्र भोट हाल्न आग्रह गर्दै अन्यथा नेपालगन्ज उपमहानगरपालिका घुस खोरी र गुण्डाको अखडा बन्ने चेतावनी दिए ।

राप्रपाबाट नेपालगन्जका मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यले मञ्चमै आफ्नी आमालाई बोलाएर आमाको कसम खाँदै भ्रष्टाचार नगर्ने कसम खाए । आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर बन्न चाहेको पनि उनले बताए । उपमेयरका उम्मेदवार बिन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ४६ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका