७ पुस २०८२, सोमबार | December 22, 2025

बागी उम्मेदवारलाई कारवाही



खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ ।

कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ ।

कारवाहीमा पर्नेमा ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्वगाविस अध्यक्ष राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा वडाध्यक्षको बागी उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर थापा रहेका छन् ।

तामाङले ऐसेलुखर्क गाउँपालिकामा चार दलीय गठबन्धनका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का श्रीबहादुर राईविरुद्ध तथा राईले कांग्रेसका तर्फबाट बतासेका आधिकारिक उम्मेदवार राजदेश राई र थापाले कांग्रेसका तर्फबाट सिम्पानीमा वडाध्यक्षका आधिकारिक उम्मेदवार सुशील उदासविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको जिल्ला सभापति विष्णुकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको कारवाहीमा परेका कांग्रेसका तीनै जनाले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनीहरुको चुनाव चिह्न मुढा रहेको छ । त्यस्तै ऐसेलुखर्क गाउँपालिकाको उपाध्यक्षमा चार दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजेशकुमार राजभण्डारी रहेका छन् । त्यहाँ कांग्रेसको गाउँपालिका पार्टी सभापति नै बागी उम्मेदवार बनेपछि गठबन्धनलाई घाटा हुने देखिएको स्थानीयवासीको भनाइ छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य दलका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका नेताहरुले तोकिएको अवधिभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बागीसहित एक हजार २८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा वैशाख ३० गते हुने निर्वाचनबाट ४१५ जनप्रतिनिधि चुनिने छन् ।

चुनावी मैदानमा रहेका राजनीतिक दलका नेताहरू अहिले आ–आफ्नो पक्षमा जनमत जुटाउन चुनावीसभा तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरू केन्द्रीय निर्देशनानुसार चुनावी तालमेल गरेर अगाडि बढेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ०२ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ