१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पोखरामा आज गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र  नेपालले सम्बोधन गर्दै 



पोखरा । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गर्दै छ । महानगर र कास्की लक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउँदै गरेको गठबन्धनका नेताहरुले जनाएका छन् ।

गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिनेछ । सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौति छ ।

त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् । एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन् ।

यसैबीच, गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिह्न प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ०१ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु