२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पोखरामा आज गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र  नेपालले सम्बोधन गर्दै 



पोखरा । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गर्दै छ । महानगर र कास्की लक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउँदै गरेको गठबन्धनका नेताहरुले जनाएका छन् ।

गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिनेछ । सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौति छ ।

त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् । एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन् ।

यसैबीच, गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिह्न प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ०१ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी