१८ श्रावण २०८३, सोमबार | August 3, 2026

निर्वाचनका दिन खोप सञ्चालन नहुने



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताए ।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो । “निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन कठिनाइ भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ”, उनले भने।

निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन अनुरोध गरिएको छ ।

छिमेकी मुलुकमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले सर्तक रहँदै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३२ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा