७ पुस २०८२, सोमबार | December 23, 2025

जेठ १५ को बजेट गठबन्धनको अन्तिम बजेट हुने छ : केपी ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्काइसौ सताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् । बुटवलमा एमालेले गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताए ।

उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै प्रचण्डले आफ्नो छोरीले मत पाएन भने देश दुर्घटनामा पर्ने भन्दै हिंडेको बताए । ‘गठबन्धन टिकोस की, गठबन्धन भिरबाट लडोस् जनतालाई के मतलव ? मेरो छोरीलाई भोट दिएन भने दुर्घटना हुन्छ भनेर जनता तर्साईरहेका छन् । एककाइसौं सताब्दीका जनता तर्साएर तसिंदैनन् ।’ ओलीले भने ।

उनले २७ वर्ष सरकारमा बस्दा ४२ वटा उद्योग बेचेर खाने बाहेक अरु केहि काम नगरेको बताए । कांग्रेसले सुकुम्बासीले लालपुर्जा पाउने बेला जहिलेपनि सरकार ढाल्ने काम गरेको आरोप लगाए ।

बैशाख ३० गते एमालेलाई विजयी होईन दिग्बिजयी बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले भोलीका दिनमा एमालेले संघीय र प्रदेश सरकार बनाउँदा बिनियोजित हुने बजेट अलपत्रबाट जोगाउन स्थानीयतहबाटै एमालेलाई जिताउन आवश्यक रहेको बताए । उनले एमालेको विजयी यात्रा स्थानीय तहबाटै तय हुनु पर्ने बताए ।

उनले एमालेले विकासका सवालमा कहिल्यै पैसा छैन नभनेको उल्लेख गर्दै वर्तमान सरकार आएदेखि नै अलक्षिण पसेको बताए । बैशाख ३० गतेको चुनावले देशमा परेको अलक्षिणलाई जरैदेखि उखेलेर फाल्नु पर्ने ओलीले बताए । थपिएका नयाँ मतदाताहरुलाई पनि उनले पहिलो पटक मतदान गर्दा एमालेलाई मत दिएर विकासको पक्षमा उभिन आग्रह गरे ।

‘बुटवलको विकासको जिम्मा एमालेको । सुर्यमा मत दिएर मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई जिताउने काम तपाईंहरुको ।’ ओलीले भने । उनले गठबन्धनका नेताहरु युवाहरुलाई फ्री भिसामा विदेश पठाउँछु भन्दै हिँडेको आरोप लगाउँदै एमालेले युवाहरुलाई विदेश पठाउने कुरा नगर्ने बताए ।

अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने ठोकुवा गर्दै भोट नदिए बजेट पठाईंदैन भन्दै हिँड्नुको अर्थ नभएको बताए । ‘गठबन्धनलाई मत नदिए मत दिन्न भन्दै हिँडेका छन् । बजेट यीन्को खल्टीबाट दिने हो ?’ ओलीले प्रश्न गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत