१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

स्थानीयतह निर्वाचन २०७९ : बाँकेमा सीमानाका ७२ घण्टा पहिले नाका सील, पाल्पा मदिरा निषेधित जिल्ला घोषणा



बुटवल । निर्वाचनको तयारी स्वरुप बिभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले सुरक्षाको आंकलन गर्दै विभिन्न निर्णयहरु गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल भारत सीमा नाकाहरु निर्वाचन हुने दिनको ७२ घण्टा पहिल्यै बन्द हुने भएका छन् भने प्रदेशका केहि जिल्लाहरुमा मौन अवधि सुरुहुनु पूर्व जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गरेको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नेपाल भारत सीमाको जमुनाहा लगायतका बाँके जिल्लाका सबै नाकाहरु ७५ घण्टा पहिल्यै सील हुने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद खत्रीले जारी गरेको सूचनामा आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित र शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि मित्र राष्ट्र भारतसंग जोडिएको नेपाल भारत सिमानाका बन्द हुने जनाइएको छ ।

बाँकेका प्रमुुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यही बैशाख २७ गते मंगलबार राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमानाका बन्द हुने जानकारी दिए ।

यता जिल्ला सुरक्षा समितिको बैठकले २७ गते रातीबाट मतगणना नसकिएसम्म जिल्लामा मादक पदार्थको उत्पादन, बिक्रिबितरण तथा सेवनलाई निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । निर्वाचनको दिन नजिकिदै जाँदा प्रदेशका अन्य जिल्लाहरुले पनि सुरक्षाका रणनितीहरु बनाउँदै गएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३४ बजे

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो