२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिबी



काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् ।

घटना व्यक्तिगत ‘रिसिभ’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’, प्रवक्ता केसीले भने ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।

आइतबार साँझ करिब ७ः३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ३७ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा