७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल-१२ का वडा अध्यक्षमा एमाले उम्मेदवार सवार गाडीमा तोडफोड, कांग्रेस कार्यकर्ताले तोडफोड गरेको एमालेको आरोप



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्षमा एमाले उम्मेदवारले प्रयोग गरिरहेका गाडी तोडफोड भएको छ । बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका तिनजनाको समुहले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षका एमाले उम्मेदवार देवी रेग्मीले प्रयोग गरिरहेको बा २० च ६७८५ नम्बर को ईसुजुको डबल क्याप गाडी सोमबार साँझ ८ बजेतिर तोडफोड गरेको बताइएको छ ।

स्कुटरमा सवार ३ जनाको समूहले एकाएक गाडीमाथी ढुंगा प्रहार गरेर फरार भएको स्थानीयबासीले बताएकाछन् । उनिहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।

प्रचारमा प्रयोग भइरहेको सो गाडी नेपाली कांग्रेसका कार्यकर्ताहरुले तोडफोड गरेको नेकपा एमालेले जनाएको छ । एमाले प्रचार विभागका प्रमुख डीआर घिमिरेले गाडीमाथको आक्रमण कांग्रेस कार्यकर्ताहरुले गरेको आरोप लगाएका छन् । उनले समाजिक सञ्जालमा हार्ने निश्चित भएपछि कांग्रेस कार्यकर्ताहरु आक्रमणमा उत्रिएको लेखेका छन् ।

ईलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख नायव प्रहरी उपरिक्षक ठगबहादुर केसीले घटना घटेको जानकारी आएको र घटनास्थलमा तत्काल प्रहरी परिचालन गरि अनुसन्धान थालिएको जानकारी दिए ।

बुटवलमा कांग्रेसबाट मेयरपदका उम्मेदवार खेलराज पाण्डेले घटनाका विषयमा आफुलाई जानकारी नभएको बताए । दिनभरीको घरदैलोपछि साँझ अबेर घर पुगेको र सबैतिरको खबर बुझ्दै गरेको जनाउँदै उनले नयाँगाउको घटनाबारे आफुलाई थाहा नभएको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज