१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रसुवाको मतगणनास्थलमा सीसीटीभी जडान



रसुवा । स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो ।

निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।

जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ४३ बजे

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको