७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जसपा बुटवलको चुनावी प्रचारप्रसार अभियान सम्पन्न



बुटवल । जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर समितिले बुटवलका वडा नं. १, ४, ७, ९, ११ र १७ मा घरदैलोसहितको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरमा प्रमुख र उपप्रमुख पदमा केन्द्रीय निणर्य अनुसार पाँच दलबिच चुनावी गठबन्धन भएकोले जसपाले प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता लिएर वडाहरुमध्ये कतै तालमेलसहित त कतै मित्रवत प्रतिस्पर्धामा उत्रिएको जसपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बामदेव भुसालले बताए ।

जसपा बुटवलले सोमबार उपमहानगरको वडा नं. १ मा चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । चुनावी घरदैलोकै क्रममा मतदाताहरुसँग कुरा गर्दै जसपा नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले जसपा नेपालले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीका साथै भूमिहीन सुकुम्बासीहरुका लागि उचित र गुणस्तरीय आवास जोड दिंदै स्थानीय सुशासन प्रवद्र्धन गर्ने बताए ।

त्यसैगरी वडा नं. ११ को घरदैलोमा सहभागि भएका पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विश्लेषक मनिकर कार्कीले पुराना पार्टीहरुले सुकुम्बासी एवं भूमिहीनहरुमाथि भोट र नोटको राजनीति गरेकाले अब जसपाले त्यसको दिगो समाधान निकाल्ने बताए । उनले स्थानीय सरकारले विगतमा जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्राथमिक दायित्व पूरा नगरेकाले अब सो कार्य जसपासहितको स्थानीय सरकारले गर्ने बताए ।

यसैबिच वडा नं. १७ मा पनि चुनावी अभियान पूरा भएको छ । वडाका सबै स्थानहरुमा घरदैलो कार्यक्रम गरी मुख्य चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष पदका उम्मेदवार विजय ढकालले बताए । उनले घरदैलोकै क्रममा स्थानीयस्तरमा मौलाउँदै गएको आर्थिक अनियमितता र भ्रष्टाचार रोक्दै शिक्षा, स्वास्थ्य र रोजगारीकेन्द्रीत कार्यक्रमहरुले वडालाई समृद्ध बनाउने बताए ।

त्यस्तै उपमहानगरको वडा नं. ४, वडा नं. ७ र वडा नं. ९ मा पनि पार्टीका केन्द्रीय सदस्य पंकज राई, लुम्बिनी प्रदेश सदस्य एवं बुटवल उपमहानगर चुनावी परिचालन समितिका इन्चार्ज नारायण नागिला, मगरात राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष हरि घर्तीमगर, बुटवल उपमहानगर सचिव तेजु रानालगायतको उपस्थितिमा घरदैलो कार्यक्रमसहित चुनावी प्रचारप्रसार सम्पन्न भएको छ ।

जसपाले आफ्नो मतको रक्षाका लागि र जनसरोकारका विषयकेन्द्रित पार्टीका एजेण्डाहरुलाई स्थापित गर्नकै लागि चुनावी मैदानमा उत्रिएको बताउँदै चुनावी प्रचारप्रसार अभियानले बुटवलमा जसपालाई स्थापित गर्न सहज भएको पार्टीका उपमहानगर अध्यक्ष बामदेव भुसालले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : १८ बजे

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा