२० माघ २०८२, मंगलबार | February 3, 2026

निर्वाचनमा खटिने प्रहरीलाई हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत काटियो



काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ । २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको छ ।

आर्थिक मन्दिका कारण सरकारले सुरक्षा निकायलाई दिइँदै आएको निर्वाचन सुरक्षा भत्ता कटौती गरेको हो । एकातिर भत्ता कटौतीको सामना गरिरहेको नेपाल प्रहरी अर्कोतिर हतियारदेखि सञ्चारसेटसम्मको अभावमा छ ।

निर्वाचनमा खटिँदा आवश्यक पर्ने साना हतियार नेपाल प्रहरीसँग नहुँदा नेपाली सेनाबाट मागेको छ । त्यस्तै झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव देखिएको छ । त्यसका लागि प्रहरीले पुराना बिग्रिएका मर्मत सम्भार गरेर काम चलाएको छ । त्यस्तै व्यक्तिगत फोनको प्रयोग गरेर समेत काम चलाइरहेको छ ।

निर्वाचनको मिति घोषणा भएसँगै प्रहरीले हतियार र सञ्चार सेट किन्नको लागि सरकारसँग माग गरेको थियो । तर, सरकारले माग बमोजिम बजेट नदिएपछि प्रहरीले सेनासँग हतियार मागेको हो ।

नेपाल प्रहरीमा हालै एक हजार २०० जति प्रहरी वरिष्ठ नायव निरीक्षक थपिएका छन् । थपिएका प्रहरी जुनियर अधिकृतहरूका लागि हतियारको अभाव भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले केही थान सञ्चार सेट पनि नेपाली सेनासँग मागेर काम चलाइरहेको छ । सरकारले यस पटक निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने भत्तासमेत कटौती गरेको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका सुरक्षा कर्मचारीहरूलाई सात दिनको भत्ता उपलब्ध गराइएको थियो । तर, अहिले त्यो कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

सीमित स्रोत साधनका बाबजुत प्रहरी निर्वाचन सुरक्षामा खटिएको छ । सवारी साधन, हातहतियार, सञ्चार उपकरण लगायतका स्रोत साधानको अभाव देखिएको हो । अभावका बाबजुत व्यवस्थापन गरेर निर्वाचन सुरक्षाको काम भइरहेको प्रहरी प्रवक्ता केसीले बताए ।

देशभर रहेका १० हजार ७५६ मतदानस्थल छन् । तीमध्ये दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण गरिएको प्रवक्ता केसीले बताए । प्रहरीले उपत्यकाबाट नौ हजार ६०० प्रहरी बाहिरी जिल्लामा खटाएको छ ।

स्थानीय तह निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ । मंगलबारबाट नेपाली सेना र सशस्त्र प्रहरी हरेक मतदान केन्द्रमा खटिएका छन् । हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोबाइल गस्ती पनि थालेको छ ।

मंगलबारबाट गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता केसीले बताए । नेपाली सेनाले पनि हरेक पालिकामै पुरेर सुरक्षा गस्ती थालेको छ । बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ५८ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि