२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एमालेका बिरुद्ध झुठो प्रचार नगर्न गृहमन्त्री खाँडलाई घनश्याम भुसालको चेतावनी



भैरहवा । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनतासंग झुठो कुरो नबोल्न गृहमन्त्री बालकृष्ण खाडलाई चेतावनी दिएका छन् । नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पूर्व मन्त्री घनश्याम भुसालले एमालेले गरेका सडक विकासलाई फिता लिएर नाप्न समेत आग्रह गरे ।

नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै भुसालले कांग्रेसको आम सभामा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले एमालेका बिरुद्ध कु प्रचार गरेको बताए ।

‘जनताका बिचमा सिद्धार्थनगरमा हामि हिसाब गर्न आएका हौं । हामीले के के गर्यौ भन्न आएका हौँ हिँजो कांग्रेसले भाषण गर्दा एमालले नपाली नागरिकता दिएन भनेर भ्रम फैलाएको छ । नागरिकता बिधेयक लिएर नागरिकता नपाएकालाई नागरिकता दिन खोज्ने पार्टी एमाले उल्टै एमाले माथि आरोप लगाउने ?’ भुसालले भने, ‘जनताका अंगाडी सहि बोल्न सक्नुहुन्न भने नबोल्नुहोस ।’

उनले नेकपा एमालेले सिद्धार्थनगरमा ५ वर्ष पहिलेको तुलनामा धेरै विकास गरेको बताए । विकास निर्माणका कामहरु बारे भुसालले भने, ‘हामीले बनाएका नयां सडक फिता लिएर नाप्नोस ।’ सिद्धार्थनगरमा ३० किलोमीटर नयां सडक खोलेको दाबी गर्दै उनले एमालेले गरेका कामलाई जनताका बिचमा भ्रम नफैलाउन आग्रह गरे ।

जनतासंग ब्रमास्त्र आज जनतासंग भएको बताउँदै एमाले नेता भुसालले सहि समयमा सहि ठाउँमा मतदान गर्न आग्रह गरे । ‘सार्बभौमसत्ता जनताले सहि निर्णय गर्ने बेला यहि हो । ५ बर्सको निर्णय गर्ने समय आएको छ ।’ भुसालले भने, ‘लोकतन्त्रमा हामीले सहि समयमा सहि निर्णय गर्न सकेनौं भने गलत हुन्छ । बिश्वमा गृह युद्द हुन्छ । १ सय दिनमा १० लाख मानिस मरेका छन् । जनताले ठिक निर्णय गर्ने बेला यहि हो ।’

सभामा बोल्दै नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार डा. राम प्रसाद बस्यालले रचनात्मक कामको बिकासका लागी नेकपा एमालेलाइ मत दिन आग्रह गरे । ‘मतदान सु पात्रलाई दिनुपर्छ । कसले काम गर्छ त्यसलाई मत दिनुहोस ।’ उनले भने ।

नेकपा एमालेबाट उप मेयरकी उम्मेदवार उमा अधिकारीले निरन्तर राजनीति गरेर आएको महिला भएका कारण आफूलाई मत दिन आग्रह गरिन् । ‘राजनीति कसैले श्रीमती , बुहारी, दिदि भएर मत दिने होइन ।’ अधिकारीले भनिन् -‘महिला हिंसाका कुरा उठाउंदा एमालेले धेरै कुरा उठाएको छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ३८ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा