१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आचारसंहिता पालना नगर्ने मिडियामाथि चल्यो प्रेस काउन्सिलको डण्डा, रुपन्देहीका मिडिया पनि कारवाहीको सूचीमा



बुटवल । स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुने अन्तिम दिन सम्ममा प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । ८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्तारसूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।

२०७८ चैत २६ गतेदेखि हालसम्म कुल १३९ सञ्चार माध्यमबाट १५० वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएकोमा ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने १३९ सञ्चार माध्यममध्ये ३६ वटालाई स्पष्टीकरण सोधिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको, केहीले तथ्य खुलाई क्षमायाचनासहित सामग्री हटाएका र कतिपयले भूल सुधार गरी आगामी दिनमा आचारसंहिता पालनामा प्रतिवद्व रहने जनाएको काउन्सिलले जनाएको छ ।

साथै पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा सामाजिक सञ्जाल (फेसबुक)बाट कुनै दलविशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

काउन्सिलले स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएपश्चात् देशभरका सञ्चार माध्यमहरूको अनुगमन गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

काउन्सिलको नोटिसमा पर्ने सञ्चारगृहमा रुपन्देहीबाट संचालनमा रहेका मिडियाहरु पनि परेका छन् । महासंघका जिम्मेवार पदमा रहिसकेका सञ्चार अगुवाहरुले संचालन गरेका मिडियाहरु पनि काउन्सिलको सुचीमा परेका छन् । रुपन्देहीबाट प्रकाशन भईरहेका ई खबर नेपाल र खबरपात्रो अनलाईनलाइ सचेत गराएको छ । त्यक्तै काउन्सिलले समयचक्र अनलाइनलाइ सजग गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : ४६ बजे

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको