१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आचारसंहिता पालना नगर्ने मिडियामाथि चल्यो प्रेस काउन्सिलको डण्डा, रुपन्देहीका मिडिया पनि कारवाहीको सूचीमा



बुटवल । स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुने अन्तिम दिन सम्ममा प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । ८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्तारसूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।

२०७८ चैत २६ गतेदेखि हालसम्म कुल १३९ सञ्चार माध्यमबाट १५० वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएकोमा ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने १३९ सञ्चार माध्यममध्ये ३६ वटालाई स्पष्टीकरण सोधिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको, केहीले तथ्य खुलाई क्षमायाचनासहित सामग्री हटाएका र कतिपयले भूल सुधार गरी आगामी दिनमा आचारसंहिता पालनामा प्रतिवद्व रहने जनाएको काउन्सिलले जनाएको छ ।

साथै पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा सामाजिक सञ्जाल (फेसबुक)बाट कुनै दलविशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

काउन्सिलले स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएपश्चात् देशभरका सञ्चार माध्यमहरूको अनुगमन गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

काउन्सिलको नोटिसमा पर्ने सञ्चारगृहमा रुपन्देहीबाट संचालनमा रहेका मिडियाहरु पनि परेका छन् । महासंघका जिम्मेवार पदमा रहिसकेका सञ्चार अगुवाहरुले संचालन गरेका मिडियाहरु पनि काउन्सिलको सुचीमा परेका छन् । रुपन्देहीबाट प्रकाशन भईरहेका ई खबर नेपाल र खबरपात्रो अनलाईनलाइ सचेत गराएको छ । त्यक्तै काउन्सिलले समयचक्र अनलाइनलाइ सजग गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : ४६ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा