२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजारमा उछाल एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।

अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन आइतबार २२ सय ३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३ सय ६९ अङ्कमा पुगेको छ।

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५२ अंकले बढेर ४ सय ५६ अङ्कमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।

सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा जम्मा ९ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अङ्क बढीको वृद्धि भएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको