६ बैशाख २०८१, बिहिबार | April 19, 2024

आफन्ती भेटन गएकी बुटवल एमालेका मेयर उम्मेदवार गठबन्धन कार्यकर्ताबाट घेरिइन्



बुटवल । मौन अवधिका बेला मतदाता भेट्न पुगेकी बुटवल उपमहानगरमा एमालेबाट मेयर उम्मेदवार बावुराम भट्टराई पत्नीलाई गठबन्धनको कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाएको छ । बुटवल ११ टपमजुवामा आफन्त समेत पर्ने लिला अर्याललाई भेटन पुगेकी भट्टराई पत्नी माया भट्टराईलाई गठबन्धन निकट कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेको जनाएको छ ।

मौन अवधिमा पैसा बाँड्न आएको गठबन्धनका कार्यकर्ताले आरोप लगाएपनि प्रहरीले भट्टराईबाट कुनै शँकास्पद सामाग्री नभेटाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । मतदातालाई भेटघाट गर्न गएका बेला एक्कासी भिड जम्मा भएर घर घेराउ गरेको सूचना आएपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाईदिएको डीएसपी केसीले बताए ।

प्रहरी कार्यालयबाट घर पुगे लगत्तै श्रीमती भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै आफु मानविय नाताले कपिलवस्तुका वाम नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफुलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छिन् । उनले आफुसंगै गएकी लक्ष्मी भट्टराईको घरभाडा उठाउन भाडावाल रुपा थापाको घरमा बसिरहेका बेला आफुहरुलाई घेराउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्तिमा सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा आफुलाई असाध्यै दुख लागेको उल्लेख गरेकी छिन् । ‘मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन ?’ उनले विज्ञप्तिमार्फत प्रश्न गरेकी छिन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : १२ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी