२८ असार २०८३, आइतबार | July 12, 2026

आफन्ती भेटन गएकी बुटवल एमालेका मेयर उम्मेदवार गठबन्धन कार्यकर्ताबाट घेरिइन्



बुटवल । मौन अवधिका बेला मतदाता भेट्न पुगेकी बुटवल उपमहानगरमा एमालेबाट मेयर उम्मेदवार बावुराम भट्टराई पत्नीलाई गठबन्धनको कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाएको छ । बुटवल ११ टपमजुवामा आफन्त समेत पर्ने लिला अर्याललाई भेटन पुगेकी भट्टराई पत्नी माया भट्टराईलाई गठबन्धन निकट कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेको जनाएको छ ।

मौन अवधिमा पैसा बाँड्न आएको गठबन्धनका कार्यकर्ताले आरोप लगाएपनि प्रहरीले भट्टराईबाट कुनै शँकास्पद सामाग्री नभेटाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । मतदातालाई भेटघाट गर्न गएका बेला एक्कासी भिड जम्मा भएर घर घेराउ गरेको सूचना आएपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाईदिएको डीएसपी केसीले बताए ।

प्रहरी कार्यालयबाट घर पुगे लगत्तै श्रीमती भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै आफु मानविय नाताले कपिलवस्तुका वाम नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफुलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छिन् । उनले आफुसंगै गएकी लक्ष्मी भट्टराईको घरभाडा उठाउन भाडावाल रुपा थापाको घरमा बसिरहेका बेला आफुहरुलाई घेराउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्तिमा सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा आफुलाई असाध्यै दुख लागेको उल्लेख गरेकी छिन् । ‘मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन ?’ उनले विज्ञप्तिमार्फत प्रश्न गरेकी छिन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : १२ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै