३० बैशाख २०८३, बुधबार | May 13, 2026

रुपन्देहीको हिलाम्य मतदान केन्द्र, सास्ती खेप्दै मतदाता (फोटोफिचर)



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ । बिहीबार र शुक्रबार परेको पानीका कारण मतदान स्थल हिलाम्य भएको हो ।

साघुरो क्षेत्र रहेको खजहना आधारभूत विद्यालयको मतदान स्थलमा बैकल्पीक व्यवस्था नभएकोले बाध्यात्मक रुपमा हिलो टेकेर भएपनि मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् ।

वर्षाले तयारी अवस्थामा रहेको मतदान केन्द्रको लाइन लाग्न बनाइएको क्षेत्रमा पानीले हिलाम्य बनाएको छ । मत दिने ठाँउ र मतपेटिका भने सुरक्षित रुपमा राखिएको छ ।

यही मतदान केन्द्रबाट राप्रपाका नेता दिपक बोहराले मतदान गरेका छन् । उनी मतदान गर्न जाँदा हिलोले लडेका थिए । उनका सहयाेगीले सम्हालेका थिए ।

पानी राेकिए पनि हिलाम्य हुँदा समस्या भएकाे हाे ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : २४ बजे

बाँकेबाट धमाधम सरकारी निकाय अन्यत्र सार्न थालिएपछि आन्दोलनको तयारी

नेपालगन्ज । नेपालगन्ज–१४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्न

सुकुम्बासीमाथि दमन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । सुकुम्बासी बस्तीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै विभिन्न

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा दोस्रोपटक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल