१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालनपछि मतदान



सर्लाही । जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएको छ ।

धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको हो ।

धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यलय पुर्‍याइएको थियो ।

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेको धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएको पार्टीहरूको दाबी छ ।

बिहान मतदान सुरू भएदेखिनै झडप सुरु भएपछि मतदान ६ घण्टा स्थगित गरेको निर्वाचन अधिकृत बरालले जानकारी दिए । झडप सुरू भएपछि ठुलो संख्यामा सुरक्षाकर्मी खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । ठुलो संख्यामा उपस्थित भएका पार्टीका नेताकार्यकर्ता आपसमा ढुंगामुढामा उत्रिएपछि केही बेर मतदानस्थल रणभूमिमा परिणत भएको थियो । निर्वाचन अधिकृत बरालका अनुसार पालिकाको अन्य मतदान केन्द्रमा समेत पटक पटक झडप भएको छ ।

‘अरु मतदान केन्द्रमा पनि झडपको स्थिति सृजना भइरहेको छ ।’ उनले भने, ‘त्यहाँका प्रनितिधिहरूलाई राखेर सहमति गराउँदै, मतदान सुचारू गराइरहेका छौँ ।’ झडपमा उत्रिएका नेता कार्यकर्ताहरूले मतदानस्थलमा ढुंगामुढा, सिसा लगायतका सामान प्रहार गरेका थिए भने केन्द्र निर्माणमा प्रयोग गरेको बाँस र काठको भाटा लगायत सामग्रीमा आगजनी गरेको प्रहरीको भनाइ छ ।

आफन्तको मत खसाल्ने, अशक्तको मत हाल्ने लगायत विषयमा सुरु भएको विवाद झडपको स्थितिमा पुगेको स्थानीयको भनाइ छ । झडप उग्र बन्दै गएपछि उनीहरू सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए । यसैबीचै कौडेना गाउँपालिका–६ स्थित जनता आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा समेत झडपपछि मतदान केहीबेर स्थगित भएको थियो ।

पछि थप सुरक्षाको लागि पुगेको नेपाली सेनाको टोलीले स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गराएको हो । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता झडपमा उत्रिएपछि मतदान केहीबेर रोकिएको निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए । अहिले उक्त स्थानमा पनि शान्तिपुर्ण ढंगले मतदान भइरहेको छ ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अधिकृत दिवाकर भुजेलका अनुसार अहिलेसम्म जिल्लामा ५५ देखि ६० प्रतिशत मत खसिसकेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ११ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु