बुटवल । बुटवल उपमहानगरपालिकामा ६९ दशमलव ९६ प्रतिशत मत खसेको छ । उपमहानगरमा ९० हजार ६५ मतदाता रहेकोमा ६३ हजार १७ मत खसेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।
बुटवलमा २८ हजार ८ सय ८० जना पुरुषले मतदान गर्दा ३४ हजार १ सय ३७ जना महिलाले मतदान गरेका छन् ।
बुटवलका सबै बुथहरुबाट मतपेटिका मतगणनास्थलमा आईसकेको र केहीबेरमा मतगणना सुरु हुने उनले जानकारी दिए । बुटवलको मतगणनाका लागि उपमहानगरको पुरानो भवनलाई मतगणना स्थल तोकिएको छ । सर्वदलीय बैठकले मतगणनाको आचारसंहिता तयार गरेसँगै मतगणना प्रारम्भ हुने पौडेलले बताए । ११ः३०मा सर्वदलीय बैठक बोलाईएको अधिकृत पौडेलले जानकारी दिए ।
बुटवल उपमहानगरमा स्वतन्त्र सहित १३ जना नगर प्रमुखमा र १२ जनाले उप प्रमुखको प्रतिस्पर्धा गरेका छन् । नगर प्रमुख पदमा मुख्यतया एमाले उम्मेदवार बावुराम भट्टराई, कांग्रेस उम्मेदवार खेलराज पाण्डे र राप्रपा उम्मेदवार मृगेन्द्र शेरचनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।



















प्रतिक्रिया