२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवल उपमहानगरमा खस्यो ६९ दशमलव ९६ प्रतिशत मत, मतगणनाको तयारी गरिँदै



बुटवल । बुटवल उपमहानगरपालिकामा ६९ दशमलव ९६ प्रतिशत मत खसेको छ । उपमहानगरमा ९० हजार ६५ मतदाता रहेकोमा ६३ हजार १७ मत खसेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

बुटवलमा २८ हजार ८ सय ८० जना पुरुषले मतदान गर्दा ३४ हजार १ सय ३७ जना महिलाले मतदान गरेका छन् ।

बुटवलका सबै बुथहरुबाट मतपेटिका मतगणनास्थलमा आईसकेको र केहीबेरमा मतगणना सुरु हुने उनले जानकारी दिए । बुटवलको मतगणनाका लागि उपमहानगरको पुरानो भवनलाई मतगणना स्थल तोकिएको छ । सर्वदलीय बैठकले मतगणनाको आचारसंहिता तयार गरेसँगै मतगणना प्रारम्भ हुने पौडेलले बताए । ११ः३०मा सर्वदलीय बैठक बोलाईएको अधिकृत पौडेलले जानकारी दिए ।

बुटवल उपमहानगरमा स्वतन्त्र सहित १३ जना नगर प्रमुखमा र १२ जनाले उप प्रमुखको प्रतिस्पर्धा गरेका छन् । नगर प्रमुख पदमा मुख्यतया एमाले उम्मेदवार बावुराम भट्टराई, कांग्रेस उम्मेदवार खेलराज पाण्डे र राप्रपा उम्मेदवार मृगेन्द्र शेरचनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : १५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी