१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध, नेपाल प्रभावित बन्न सक्छ



काठमाडौं । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

रुस र युक्रेनबीचको लडाईंका कारण विश्वव्यापी खाद्य संकट बढ्दै गएको बेलामा भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतको उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको वाणिज्य विभागले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको छ ।

भारतको प्रतिबन्धबाट नेपाल लगायत धेरै मुलुक प्रभावित बन्ने भएका छन् । यसका कारण त्यसैपनि मूल्यवृद्धि थेगिनसक्नु भएको नेपालमा भारतीय प्रतिबन्धका कारण हुँको पिठोको मूल्य थप बढ्ने देखिन्छ ।

यद्यपी भारत सरकारले खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न अन्य देशहरूलाई दिएको अनुमतिको आधारमा र ती सरकारको अनुरोधको आधारमा निर्यात गर्न भने दिइनेछ। भारतको पञ्जाव हरियाणा लगायतका राज्यमा गहुँ उत्पादन अत्याधिक हुने गर्छ ।

विश्वकै सबैभन्दा धेरै गहुँ उत्पादक मुलुकहरु रुस र युक्रेनबीच भीषण लडाईं चलेका कारण त्यहाँबाट करोडौं टन निर्यात हुन सकेको छैन । रुसी गहुँलाई पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाएका छन् भने युक्रेनको गहुँ ओडेसा बन्दरगाह बन्द हुँदा भण्डारण कक्षमै थन्किएको छ ।

रुस युक्रेन युद्धका कारण एशिया अफ्रिका लगायत महादेशका दशौं करोड जनता खाद्य संकटमा पर्ने भन्दै संयुक्त राष्ट्र संघले चेतावनी दिँदै आएको छ ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४९ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय