२३ भदौ २०८३, मंगलबार | September 9, 2026

गुल्मीमा वडाध्यक्षमा माओवादीले खाता खोल्यो



गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका – १ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार घनश्याम खरेलले वडाध्यक्ष विजयी प्राप्त गर्दै खाता खोलेका छ्न ।

खरेलले नेकपा एमालेका उमेदवार गोबिन्द बहादुर बलाललाइ दुई तिहाइ भन्दा बढी मतको अन्तरालले पछाडी पार्दै बिजयी भएका हुन । विजयी खरेलले ५५२ मत ल्याएका छ्न भने एमाले उमेदवार बलालले जम्मा १८५ मत ल्याएका छ्न ।

अघिल्लो निर्बाचनमा खरेललाइ झिनो मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा वलाल निर्वाचित भएका थिए । वडामा सम्पन्न मतगणनाबाट खरेल सहित गठबन्धनका पुरै प्यानल बिजयी भएको छ ।

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका युवराज केसीले अग्रता लिइरहेका छ्न । कुल ८०० मत गणना हुदा ११ मत बदर भएको थियो । पछिल्लो परिणाममा केसि ले ५८१ मत ल्याएका छ्न् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले १८१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै बिष्णु प्रसाद भण्डारीले ४६१ मत ल्याएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार राधीका अर्यालले २०१ मत ल्याएकी छ्न । उनी निवर्तमान उपाध्यक्ष हुन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ०९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी