८ पुस २०८२, मंगलबार | December 23, 2025

बहुचर्चित भरतपुर महानगरमा मतगणना सुरू



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भएकै कारण उनका आलोचकहरुबाट बहुचर्चित र बहुविवादित बनाइएको भरतपुर महानगरपालिकाको मतगण्ना सुरु भएको छ ।

भरतपुरमा बिहान ११ बजेबाट मतगणना सुरु भएको हो । पहिलो बाकस वडा नं. १ को खोलिएको छ । भरतपुरमा गठबन्धन दलहरुको तर्फबाट माओवादीकी रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट पूर्वप्रदेश सांसद विजय सुवेदी उम्मेदवार रहेका छन् । यस्तै, रेणुलाई मेयर दिएको भन्दै कांग्रेसमा असन्तुष्ट बनेका जगन्नाथ पौडेल पनि स्वतन्त्रबाट चुनाव लडेका छन् । पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि भरतपुर थप चर्चामा रहेको थियो ।

१ लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४२ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक