बुटवल । बुटवल उपमहानगरपालिकामा ११ सय मत गणना हुँदा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता जारी राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनका कांग्रेस उम्मेदवार पाण्डेले ४५५ मत प्राप्त गरेका छन् ।
पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २३६ मत ल्याएका छन् भने एमालेका बावुराम भट्टराईले १७९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उप प्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३, एमालेकी सावित्रा अयौलले २१५ र गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १८२ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ । बुटवलमा ६३ हजार १७ मत खसेको छ ।



















प्रतिक्रिया