चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु जारी छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएकोमा ५० मत गणना हुँदा रेनुले २० मत ल्याएकी छिन् । एमालेबाट मेयरका विजय सुवेदीले १३ मत प्राप्त गरेका छन ।
सुरुमा एक स्थानमा मत गणना गरिने र पछि क्रमशः गणनास्थल बढाउँदै लगिने छ मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जनाएका छन् । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिएका छन् ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



















प्रतिक्रिया