बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले उममेदवारहरुको अग्रता कायम नै रहेको छ । नगरको मतगणनामा ३५० मतगणना गरिसक्दा सम्म एमालेबाट मेयरका उम्मेदवार मोहन चापागाईंले अग्रता जोगाएर राखेका छन् ।
पछिल्लो परिणाम अनुसार चापागाईंले १७३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले ११० मत पाएका छन् । जनमुक्ति पार्टीका सुन्दर गुरुङले ४१ मत पाएका छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी जागेश्वी चौधरीले ११४ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमलाल पाण्डेले ५८ मत र जनमुक्तिकी गिता सारुले ५३ मत पाएका छन् । १ नम्बर वडा अध्यक्षमा पनि १८३ मतका साथ एमालकै फर्शुराम गिरीले अग्रता लिएका छन् ।


















प्रतिक्रिया