८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलमा एमालेलाई पछाडी पारेर अगाडी बढ्दै गठबन्धनका पाण्डे, उप मेयरमा एमालेको अग्रता



बुटवल । बुटवल उपमहानगरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउने क्रम जारी रहेको छ । उपमहानगरको १ वार्डको पुरा र २ वार्डको प्रारम्भिक परिणाममा पाण्डेले १३ ५५ मत पाएका छन् । उनको पछिपछि एमालेका बावुराम भट्टराईले ७०४ मत ल्याएर पछ्याएका छन् ।

१ नम्बर वार्ड सकिंदा सम्म दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचनले ५०९ मत ल्याएर तेस्रो स्थान सम्हालिरहेका छन् । बुटवल उपमहानगर पालिका को वार्ड नम्बर १ को मतगणना सकिएको छ भने अहिले वार्ड नम्बर २ र १९ को गणना भइरहेको छ ।

बुटवलमा पछिल्लो परिणाम अनुसार उप प्रमुखमा एमाले उम्मेदवार सावित्रा अर्यालले ६५२ मत, गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५७५ मत र राप्रपाकी भगवती पाण्डेले ४६७ मत प्राप्त गरेकी छन् ।

बुटवलमा हाल सम्म ३०७५ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ०३ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक