१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गुल्मीदरबारमा कांग्रेसले किल्ला जोगायो : चार वडा सहित अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी



गुल्मी । गुल्मीमा रेसुङ्गा नगरपालिका पछि अर्को पालिकामा पनि काँग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् । गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेंगा मगर विजयी भएका छन् । गुल्मी दरवारमा नेकपा एमालेले तीन वटा वडामा चित्त बुझाएको छ ।

कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याएका छन् भने एमालेका कृष्णप्रसाद भुसालले ५६०२ मत पाएका छन् । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गरेका हुन् । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत पाएकी छन् भने एमाले उम्मेदवार सुशिला पुनले ५५८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी दिए ।

भुसाल र पुन गत स्थानिय निर्वाचनमा समेत पराजित भए पनि यसपटक पनि एमालेले दुबैजनालाई पुनः उम्मेदवार बनाएको थियो । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम