१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

२५६६ औ बुद्ध जयन्ती : आठौ टुर द लुम्बिनीका साईक्लिष्टलाई बुटवलमा स्वागत



बुटवल । २५६६ औ बुद्ध जयन्तीको अवसरमा काठमाडौंबाट यात्रा शुरु गरेका साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ। टुर डे लुम्बिनी शान्ति साइकल यात्राको आठौ संस्करणमा देबेन्द्र बस्नेतको नेतृत्वमा सुनिल ख्याजु, सुनिल तन्डुकार, सागरमान महर्जनको टिम आईतबार बुटवलमा आईपुगेका हुन।

राजमार्ग चौराहामा जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्य रबिलाल सुवेदी, रेशम रेग्मी, सैनामैना साईकल साथीका अध्यक्ष गगन रानाले साईक्लिष्टहरुलाई खादा ओढाएर स्वागत गरे ।

राष्ट्रिय स्तरको शान्ति साईकल यात्राको आठौ संस्करणलाई निरन्तरता दिन यस वर्ष कार्यक्रम गरिएको टुर द लुम्बिनी, पेडल फर पिसका अध्यक्ष मेघ आलेले बताए। कोभिड १९ संक्रमणका कारण गतवर्ष कार्यक्रम स्थगित भएको उनले बताए। यो वर्ष काठमाडौसहित रुपन्देही, कपिलवस्तु, नवलपरासीका साईक्लिष्टहरु सहभागी भएर यात्रा गर्न लागेको जानकारी दिंदै आलेले स‍‍ोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्तिको कामनासहित दिप प्रज्वलन गर्ने जनाए।

टुर द लुम्बिनी, पेडल फर पिसका सदस्य किशोर श्रेष्ठले साईकलमार्फत एकतावद्ध गराउने र सामाजिक कार्य गर्ने लक्ष्यका साथ आफुहरु अघि बढेको बताए। पर्यटन प्रवद्घर्नमा समेत यसबाट फाईदा मिल्ने उनको दाबी छ।

स‍ोमबार बिहान बुटवल वडा नं १ स्थित पद्म चैत्य बिहारबाट लुम्बिनीका लागि साईकल यात्रा शुभारम्भ हुने साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए। यात्रामा रुपन्देहीका ५ वटा क्लब, नवलपरासी र कपिलवस्तुका एकएक क्लबहरु गरि एक सय बढि साईक्लिष्टहरुको सहभागिता रहने उनले बताए।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३३ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी