१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भरतपुरमा रेणुलाई १० भोटले पछाडी पार्दै एमालेको अग्रता



चितवन । भरतपुर महानगरको मेयर पदको निर्वाचनमा वर्तमान नगरप्रमुख रेणु दाहाललाई १० मतले पछि पार्दे एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार भरतपुरमा ७७७७ मतगणना हुँदा एमालेका विजय सुबेदीले २८०६ मत पाएका छन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले २७९६ मत प्राप्त गरेकी छन् । स्वतन्त्र भनिएका कांग्रेसका वागी जगन्नाथ पौडेलले ९०३ मत ल्याएका छन् ।

त्यस्तै उप प्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ३०७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङको २२३८ मत आएको छ ।

देशभर गठबन्धनको विरोध गर्दै हिँडेपनि एमालेले चितवनमा राप्रपासँग गठबन्धन बनाएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ५६ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण