चितवन । भरतपुर महानगरमा बिहान ४ः४० बजे सम्म ९१७० मतगणना सम्पन्न भएको छ । भरतपुरको पछिल्लो परिणाममा पनि झिनो मतले एमालेको अग्रता कायम रहेको छ ।
पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेदवार विजय सुबेदीले ३२६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३२३९ मत पाएकी छन् । स्वतन्त्र जगन्ननाथ पौडेलको ११४५ मत आएको छ ।
त्यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीको ३६१० मत आएको छ भने राप्राकी हिमला गुरुङको २५९८ मत आएको छ ।
प्रतिक्रिया