१२ पुस २०८२, शनिबार | December 27, 2025

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादीका पुन विजयी, उपाध्यक्षमा कांग्रेसका जीसी



काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवास पुन विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा गठबन्धनबाटै उपाध्यक्षमा लडेका कांग्रेस उम्मेदवार भक्तबहादुर जिसी पनि विजयी भएका छन् ।

अध्यक्षमा विजयी पुनले ५,७४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भेषराज खत्रीले ३,६७८ मत पाए ।

यस्तै, उपाध्यक्षमा निर्वाचित जिसीले ५,९४५ प्राप्त गरेका छन् । एमालेका सरस्वता कुमारी घर्तीले ३२६५ मत पाएकी छिन् ।

बंगलाचुलीका ४ वडा माओवादी केन्द्रले जितेको छ । ४ वडा कांग्रेसले जितेको छ । एमालेले भने वडा नं. ७ को दुई वटा खुल्ला सदस्य मात्र जित्न सक्यो । बंगलाचुलीमा २०७४ मा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : १४ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग ओली, देउवा र प्रचण्डको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल

अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम

अर्घाखाँची । पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको