१४ बैशाख २०८३, सोमबार | April 28, 2026

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू



महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताए ।

“लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ”, बडुले भने, “आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।” दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमनसमेत गरे ।

मन्त्री बडूले सुख्खाबन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए। “ यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसित जोडिएको योजना पनि हो”, मन्त्री बडूले भने,“यो योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।”

त्यसैगरी दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनले बताए । “औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुङ्गोमा पुग्नेछ ”, उनले भने, “औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ”, कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु सात अर्ब लाग्ने अनुमान गरिएको बताए ।

“वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुङ्गो लाग्ने चरणमा छ”, उनले भने, “ प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुख्खाबन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुङ्गोमा पुग्नसक्छ ।”

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : १७ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११