२० बैशाख २०८३, आइतबार | May 3, 2026

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो ।

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए ।

उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपाली माओवादीले नतिजा उल्टाउदैँ अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ । नेकपा एमालेले यसपाली पनि एक वडामा जित हासिल गरेको छ ।

आँबुखैरेनी– १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे ।

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले ६६७ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार ८ मत सहित विजय हासिल गरेका हुन् । प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ४ मा मा नेपाली नेपाली कांग्रेसकी मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिष्पर्धी माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ मत ल्याए ।

वडा नम्बर ५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ आठ मतान्तरले विजयी भएका छन् । गुरुङले २८८ मत प्राप्त गर्दा प्रतिष्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २८० मत प्राप्त गरे ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । उनले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रविण गुरुङले ३८७ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ४५ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर