२९ बैशाख २०८१, शनिबार | May 11, 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । धादिङ, डोटी, चितवन र धनुषमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका-८ मा बा.५ ख ७०७३ नम्बरको गाडीले बागमती प्रदेश ०२-०९३ प ३३९४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक निलकण्ठ नगरपालिका-७ बस्ने २९ वर्षीय अर्जुन पोखरेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीको पुर्वीचौकी गाउँपालिका-४ कोईरीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४७९५ नम्बरको ट्रयाक्टरमा जोडीएको ट्रली रोडमा पल्टिँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोपाल ढोलीको छोरा १४ वर्षीय बिक्रम नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २५ जनाको जिल्ला अस्पतालमा र ४ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीया शिला देबी दास रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा ना.६३ प ९३०३ नम्बरको मोटरसाइकले ना.३८ प ७८७६ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय विशेष दाहाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३७ बजे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो